Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लक्ष्मी बैंकको लक्षित मुद्दती बचतमा अब १० प्रतिशत ब्याज पाइने

लक्ष्मी बैंकको लक्षित मुद्दती बचतमा अब १० प्रतिशत ब्याज पाइने

काठमाडौं, ८ चैत । लक्ष्मी बैंकले “लक्षित मुद्दती–रिकरिङ्ग बचत” योजनामा दिंदै आएको ब्याजदरलाई संशोधन गरी १० प्रतिशत ब्याज प्रदान गरेको छ । लक्ष्मी बैंकको लक्षित मुद्दती बचत जिम्मेवार व्यक्तिहरुलाई लक्षित गरी सो योजना ल्याएको जनाइएको छ ।

यो “लक्षित मुद्दती” रिकरिङ्ग डिपोजिटमा ग्राहकहरुले न्यूनतम रु. ५०० देखि जम्मागर्न सक्नुहुने छ । ग्राहकले जम्मागर्ने रकम सुनिश्चितगरिसके पछि गरेको रकम हरेक महिना स्वतःलक्षित मुद्दती खातामा उक्त रकम जम्माहुने गर्दछ । १ वर्षदेखि ५ वर्षसम्मको समयावधि निर्धारण गरी खाताखोल्न सकिने बैंकले जनाएको छ ।

यस योजनामा ग्राहकले ब्याजआफ्नो बचत परिपक्वभएको अवस्थावा त्रैमासिक रुपमा खातामा जम्मागर्ने विकल्पमध्ये एक विकल्पलाई छनौट गर्न पनि सक्ने छन् । साथै लक्षित मुद्दती खाताखोल्नुहुने सम्पूर्ण ग्राहकहरुले लक्ष्मी बैंकको आधिकारिक भगिनी संस्था लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाताको सुविधाप्राप्तगर्न सक्नुहुने छ । । लक्ष्मी बैंकका नेपालअधिराज्यभर रहेका ७८ शाखाहरुबाट सहजै रुपमाउपलब्ध रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x