Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लक्ष्मी बैंकको शेयर मुल्य समायोजन कतिमा भयो ?

लक्ष्मी बैंकको शेयर मुल्य समायोजन कतिमा भयो ?

काठमाडौं, ११ मंसिर । १० प्रतिशत बोनस लाभांश प्रयोजनका लागि लक्ष्मी बैंक लिमिटेडको शेयर मुल्य समायोजन गरिएको छ । नेपाल स्टक एक्सचेन्जले लक्ष्मी बैंकको शेयरको मुल्य २७६ रुपैयाँमा समायोजन गरेको छ । बैंकको शेयर आधार मुल्य ३५६ रुपैयाँ रहेको छ ।

लक्ष्मी बैंकको मंसिर २८ गते बस्ने १७औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ । १० प्रतिशतको बोनस शेयर जारी पछि बैंकको चुक्ता पुँजी ८ अर्ब २१ रकोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी ७ अर्ब ४७ करोड रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x