Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लगानी ३ करोड ५१ लाख

धनगढी,२३ पुस

लक्ष्मी वचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

शनिवार धनगढीमा एक कार्यक्रमको आयोजन गर्दै साधारण सभा सम्पन्न गरेको हो । साधारण सभामा संस्थाका अध्यक्ष राकेशमान कर्माचार्यले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले आर्थिक वर्ष २०७२÷७३ सम्म गरेको कार्य सम्पादनमा शेयर पूजी तर्फ ६९ लाख ८१ हजार ५ सय, बचत रकम ३४ करोड ६ लाख ७५ हजार ६ सय बाँकी ऋण लगानी ३ करोड ५१ लाख ७३ हजार २ सय ७२ , कुल आम्दानी ७७ लाख १२ हजार ४ सय ११, कुृल खर्च ५६ लाख १६ हजार ३ सय ८५ र कर अघिको नाफा २० लाख ९६ हजार २६ रहेको छ । लेखा समिति संयोजक सुरेश राजलवटले आन्तरिक लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा नियमित वचत गर्ने सदस्यहरु रेवती भुसाल, हेमकृष्ण रञ्जितकार र निरञ्जन जोशीलाई पुरस्कार प्रदान गरीएको छ । त्यस्तै उत्कृष्ठ कर्मचारीहरुमा कनिष्ठ सहायक सहेना.श्रेष्ठ र बजार प्रतिनिधि जया चौधरीलाई पुरुस्कार प्रदान गरिएको छ । उक्त कार्यक्रममा कैलाली बहुमुखी क्याम्पसका प्रमुख सुरेन्द्र चन्दले सहकारी संस्थाहरुले व्यक्तिहरुमा हामी भन्ने भावनाको विकास गर्दै आइरहेको बताए । उनले यो संस्था धेरै व्यक्तिहरुको विश्वासदा्रा चल्ने भएकाले सवैको सहयोगले सहकारी फस्टाउने उल्लेख गरे ।

गरिवहरुको आर्थिक स्थिति उकास्ने माध्यम भनेको नै सहकारी भएकाले सवैले सहकारी संस्थाहरुमा आवद्ध हुनुपर्ने उनले बताए । कार्यक्रममा हिम शिखर बहुउद्देश्यी सहकारी संस्था लिमिटेडका बिमल जोशी लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष शैलेन्द्र श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम राकेशमान कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको संचालन राजेश कर्माचार्यले गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x