Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति –अर्थमन्त्री खतिवडा

लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति –अर्थमन्त्री खतिवडा

काठमाडौं,२२ साउन ।   अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा सहभागी गैर आवाशीय नेपाली (एनआरएन) लाई लगानीको लागि आग्रह गर्नुभएको हो ।

उहाँले विदेशी भूमिमा बसेर आर्जन गरेका सम्पत्ति, प्रविधि, सीप र श्रमलाई विविध क्षेत्रमा लगानी गरी देश समृद्ध बनाउने अभियानमा सहयोग गर्न एनआरएनसँग आग्रह गर्नुभएको छ ।

अर्थमन्त्री खतिवडाले लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर आर्जित रकममा कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागिरहेको पनि जानकारी दिनुभयो ।

विश्व बैंकसँग रणनीतिक साझेदारीसम्बन्धी छलफल गर्न अमेरिकाको वासिङ्टन डिसीमा रहनुभएका अर्थमन्त्री खतिवडाले लगानीको वातावरण निर्माण गरेर आगामी १० वर्षभित्रै कुनैपनि नेपालीलाई रोजगारीको लागि विदेशिनु नपर्ने वातावरण बनाउन लागिरहेको बताउनुभयो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x