Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लगानी बोर्डलाई प्रभावकारी बनाउन कानुन संशोधनको तयारी

लगानी बोर्डलाई प्रभावकारी बनाउन कानुन संशोधनको तयारी

काठमाडौं,२९ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले लगानी बोर्डलाई प्रभावकारी बनाउन कानुन संशोधनको तयारीमा सरकार रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री खतिवडाले केही झन्टिला प्रवधानहरु हटाइ लगानी आकर्षणका लागि सहजता ल्याउन  कानुन संसोधन गर्न अफु लागिएको बताएका हुन । खतिवडाले कर प्रणाली सुधार एव समय सापेक्ष बनाउन नयाँ व्यवस्थाको अध्ययन तथा बहस सुरु गर्न आग्रह गर्दै मूल्य अभिवृद्धि कर (भ्याट) र गुड्स एन्ड सर्भिस ट्याक्स (जिएसटी) कुन व्यवहारिक छ त्यसमा बहस गर्न निजी क्षेत्र आग्रह गरेका समेत गरे ।  मन्त्री खतिवडाले मुलुकको समृद्धिका लागि ठुलो लगानी आवस्यक रहेको भन्दै त्यसको लागि महत्वपूर्ण हिस्सा निजी क्षेत्रकै हुने भन्दै देशको आर्थिक विकासमा लाग्न निजी क्षेत्रलाइ आग्रह गरे ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले बैंक तथा वित्तीय संस्थाले विपन्न वर्ग र उत्पादनशील क्षेत्रमा तोकिएअनुसार लगानी गर्नुपर्ने जोड दिदै कर सम्बन्धि विवाद निरुपणका लागि सहज बाटो आवस्यक बताइन् ।महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले इतिहासकै बलियो सरकारले पनि निजी क्षेत्रलाई प्रोत्साहन नगरेको गुनासो गरे ।‘यो सरकार हाम्रो पुस्ताले देखेको सबैभन्दा बलियो सरकार हो, यसले पन निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेको छैन, निजी क्षेत्रलाई प्रोत्साहन नगरी कसरी दु्रत गतिमा सम्मृद्धि हासिल गर्न सकिएला ?’ उनले प्रश्न गरे ।कार्यक्रममा राजस्व सचिब शिशिर ढुंगानाले व्यवसायीहरुका आवश्यक सुझाब मनन गरेर सरकार अघि बढ्न तयार रहेको बताए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x