Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लघु उद्यमलाइ प्रोत्सहान गर्न राज्यको ध्यान पुगेन –उद्यमी

लघु उद्यमलाइ प्रोत्सहान गर्न राज्यको ध्यान पुगेन –उद्यमी

काठमाडौं, ४ साउन ।  लघु उद्यमीहरुले आर्थिक सम्वृद्धिका लागि लघु उद्यमको महत्वपूर्ण भूमिका रहेपनि उद्यमीको प्रोत्सहानका लागि राज्यले उपुक्त ध्यान दिन नसकेको गुनासो गरेका छन् । राजधानीमा आयोजित आर्थिक सम्वृद्धिका लागि लघु उद्यम राष्ट्रिय सम्मेलनमा पछि उनिहरुले राज्यले लघु उद्यमीको हितमा कार्यक्रम ल्याउनु पर्ने निश्कर्ष निकालेका हुन ।

नेपालमा १ लाख ३० हजार भन्दा बढी लघु उद्यमी रहेका छन् । जसमा ७४ प्रतिशत महिला, ३८ प्रतिशत आदिवासी र २६ प्रतिशत दलितले लघु उद्योग संचालन गरेका छन् ।लघु उद्योगको गरिबी न्युनिकरणमा पनि भूमिका रहेको छ । सन् २०१४ मा गरिएको एक अध्ययनले पाँच लाख २५ भन्दा बढीलाई लघु उद्यमले गरिबीबाट माथि उठाएको तथ्यांक छ ।

लघु उद्यमीहरुले हस्तकला, अचार, अर्गानिक खाद्यवस्तु, ढाका, अल्लोबाट निर्मित वस्तुहरु उत्पादन तथा विक्री गर्ने गरेका छन् । थोरै लगानीमा संचालन गर्न सकिने र सीप भएकाले सजिलै उद्योग संचालन गर्न सकिने भएकाले यस प्रति आकर्षण बढ्दो छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x