Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लिटल फ्लावर कप

लिटल फ्लावर कप

आयोवक लिटल र ऐश्वर्य विजयी
धनगढीमा जारी लिटल फ्लावर प्रिमियर क्रिकेट लिगचरण अन्तरगत आइतबार भएको दोश्रोचरणको खेलमा लिटल फ्लावर बोर्डिङ हाइस्कुल र ऐश्वर्य विद्यानिकेतन विजयी भएका छन् । आइतबार दोश्रोचरणका लागि ब्रोड भिजन इन्टरनेश्नल स्कुल र आयोजक लिटल फ्लावर स्कुल विच भएको पलिहो खेलमा ब्रोड भिजनलाई ८ विकेटले पराजित गर्दे लिटल फ्लावर विजयी भएको हो । टस जितेर परिले ब्याटिङ गर्ने निर्णय गरेको ब्रोडभिजनले १७. २ ओगरमा सवै विकेट गुमाएर ५४ रन बनाएको थियो उस्का लागि लोकेश शाहीले सर्वाधिक ९ रन बनाएका थिए । विकेट तर्फ लिटलका प्रेम वमले ४ ओभरमा १ ओभर मेडन राख्दै १२ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए भने विजय कुमारले ३, किशोर न्यौपाने २ र भुपाल महराले १ विकेट लिएका थिए ।
जितका लागि ५५ रनको लक्ष्ये सहित जवाफी ब्याटिङमा उत्रको लिटल फ्लावरले २ विकेट गुमाउदै ८.४ ओभरमै जित हात पारेको थियो । उसका लागि मनोज कठायतले १२ बलमा ३२ र रमेस रावतले १० रनको योगदान दिएका थिए । विकेट तर्फ ब्रोड भिजनका सन्दिप कार्की र रोहित बलाएरले १–१ विकेट हातपारेका थिए । पहिलो खेलका म्यान आफ द म्याच लिटलका प्रेम वम घोषित भएका थिए ।
यसै गरी आइतबार नै भएको दोश्रो खेलमा ऐश्वर्य विद्यानिकेतन र एभरेष्ट इङ्गलिस स्कुल विच भएको खेलमा ऐश्वर्यले जित हात पारेको छ । टस जितेर फिल्डिङ गर्ने निर्णय गरे पछी पहिला ब्याटिङ गर्न मेदान उत्रेको ऐश्वर्यले निधारित २० ओभरको खेलमा सम्पूर्ण विकेट गुमाउदै १ सय २८ रन बनाएको थियो । यसका लागि हृदय विखाडीले सर्वाधिक ३० रनको योगदान दिएको थियो । जवाफी ब्याटिङमा उत्रेको एभर्ष्ट ११ ओभरको खेलमा ५१ रन बनाउदै अलआउट भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x