Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लुम्बिनी विकास बैंकले पायो १० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

लुम्बिनी विकास बैंकले पायो १० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं, १३ पौष । नेपाल धितोपत्र बोर्डले लुम्बिनी विकास बैंकलाई हकप्रद शेयर निष्कासनको लागि अनुमति दिएको छ । बैंकले १० बराबर १ अर्थात १० प्रतिशत हकप्रद शेयर निष्कासनको लागि अनुमति पाएको हो ।

बैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको २० करोड ८ लाख ८७ हजार ८२७ रुपैयाँ बराबरको २० लाख ८ हजार ८७८.२७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

बैंकले जारी गर्ने भनेको १० प्रतिशत हकप्रद शेयर पछि चुक्ता पुँजी २ अर्ब २१ करोड रुपैयाँ पुग्ने छ । बैंकको हाल चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकलाई २९ करोड रुपैयाको आवश्यकता पर्ने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x