Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

वातावरणीय प्रभाव मूल्यांङ्कन विनाको विकास दिगो हुदैन – प्रधानमन्त्री

वातावरणीय प्रभाव मूल्यांङ्कन विनाको विकास दिगो हुदैन – प्रधानमन्त्री

काठमाडौं, २२ जेठ । प्रधानन्त्री केपी शर्मा ओलीले  वातावरणीय प्रभाव मूल्यांङ्कन विना गरिने विकास प्रयास दिगो  नहुने बताउनुभएको छ ।

विश्व वातावरण दिवशको अवसरमा आज  शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ  बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति समेत बढाउने बताउनुभएको छ ।  “ विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले “वातावरणको विनास नहुने गरी नाप नक्सा तयार  गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ । ”

सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पुर्याउन प्रधानमन्त्री ओलीले आह्वान गर्नुभएको छ । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण गराउनु भएको छ ।

प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने तर्फ सबैलाई सतर्तक गराउनुभएको छ  । “त्यसैले वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भन्नुभएको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x