Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

विश्वकप फुटवल आजबाट, १४ खर्ब डलर खर्च हुने

विश्वकप फुटवल आजबाट, १४ खर्ब डलर खर्च हुने

फुटवलका लागि ‘महाकुम्भ’ मनिएको विश्वकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगितका अवधिभर १४ खर्ब डलर भन्दा बढी खर्च हुने अनुमान गरिएको छ । रुसमा आयोजीत फुटवल महामेलाको एक भब्य समारोहका बीच उदघाटन गरिदै छ । उद्घाटन सत्रमा विश्व फुटबलको सर्बोच्च निकाय फिफाका अनुसार संगीतका अन्तर्राष्ट्रिय स्टार रोबी विलियम्सले ८१ हजार दर्शक क्षमताको लुझनिकी रंगशालामा उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् । ठूलो सांगीतिक कन्सर्टका रुपमा चल्ने कार्यक्रममा विलियम्सलाई रुसी स्टार आइडा गारिफुलिनाले सघाउनेछिन् । दुई पटक विश्वकपको उपाधि जितेका ब्राजिली पूर्व स्टार रोनाल्डो उदघाटन समारोहका अर्का मुख्य आकर्षण हुनेछन् ।

यसपाली उदघाटन समारोह धेरै हदसम्म सांगीतिक प्रस्तुतीहरुमा केन्द्रित हुने बताइएको छ । स्थानीय समयअनुसार खेल साँझको ६ बजे सुरु हुनभन्दा आधा घन्टाअघिसम्म पनि सांगीतिक कार्यक्रम चल्नेछ ।विगतका उदघाटन समारोहजस्तै आयोजक देशको सभ्यता र संस्कृति देखाउने पक्षमा भने यसपाली पनि समानता हुनेछ । जहाँ रुसकी प्रख्यात गायिका गारिफुलिनाको प्रदर्शन हुनेछ । उदघाटन समारोहमा ५ सय डान्सर, जिम्न्यास्ट र कलाकारहरुका प्रस्तुती समावेश हुने बताइएको छ ।रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देश विश्वकप आयोजनाका लागि पूरा तयार भइसकेको घोषणा गरेका छन् ।

विश्वकप फुटबलमा आयोजक रसिया सहित ३२ देशले सहभागी छन्। यो पटकको विश्वकपमा फिफाको ६ महादेशबाट छनोट खेलेका २०९ राष्ट्रबाट अन्तिम ३२ टोलीलाई आठ समूहमा विभाजन गर्दै प्रतियोगिता गराइँदै छ। रुसका विभिन्न ११ सहरमा हुने विश्वकप फुटबल विभिन्न १२ रंगशालामा हुनेछ। ६४ खेल आयोजना हुनेछन्। रुस विश्वकपमा युरोपबाट १४ राष्ट्र छनोट हुँदा एसिया र अफ्रिकाबाट समान पाँच–पाँच देश छनोट भएका छन्। त्यस्तै दक्षिण अमेरिकाबाट पनि पाँच टोलीले विश्वकपमा स्थान बनाएका छन्। उत्तर अमेरिकाबाट तीन टोली विश्वकपमा रहेका छन्। उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेवियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ। आयोजकका लागि यो विश्वकपमा दोस्रो चरणमा पुग्नुलाई नै ठूलो सफलताका रूपमा हेरिएको छ। यसअघि तीन पटक विश्वकप यात्रा गरे पनि रसियाले समूह चरण पार गर्न सकेको छैन। रुस विश्वकपको दोस्रो चरण पुग्न असफल भए आयोजकको नाताले समूह चरणबाटै बाहिरिने दक्षिण अफ्रिकापछि रुस दोस्रो देश हुनेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x