Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

विश्वासको कमिले सेयर बजार झिनो अंकले घट्यो

विश्वासको कमिले सेयर बजार झिनो अंकले घट्यो

काठमाडौं, ६ जेठ । साताको पहिलो कारोबार दिन आज सेयर बजार झिनो अंकले घटेको छ । सेयर बजार खुले देखि बढ्न थालेको नेप्से परिसूचक १३५६.७८ बिन्दु सम्म पुगेको थियो । त्यसपछि निरन्तर घट्न थालेको बजार १३३९.१९ बिन्दु गएर रोकियो ।

आज १५९ कम्पनीको ३४ करोड रुपैयाँ बराबरको मात्र सेयर किनबेच भयो । जुन रकम बजार घट्बढको तुलनामा अपेक्षित नभएको जानकारहरु बताउछन् । व्यक्तिगत बिवरण (केवाइसी) अध्यावधिक नभइसकेको अवस्थाका कारण सेयर कारोबार रकम अपेक्षित रुपमा हुन नसेको बताइएको छ ।

यता सेयर बजारलाई आधुनिक बनाउन नेपाल स्टक एक्सचेञ्जले पूर्ण अनलाइन कारोबार प्रणाली यही महिना देखि सुरु गर्ने जनाएको छ । यसरी अनलाइन कारोबार प्रणाली सुरु भए सेयर बजार थप विस्तार भई सुधार आउने अपेक्षामा लगानीकर्ताहरु रहेका छन् । त्यस्तै अर्को साता सरकारले आगामी आर्थिक वर्षको बजेट समेत सार्वजनीक गर्दै छ । सो कारण सेयर बजारमा लागनीहकर्ताहरुको सकारात्मक उत्साह आउने सम्भावना देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x