Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

विश्व ब्यांकले दियो २७ अर्ब ऋण सहयोग

विश्व ब्यांकले दियो २७ अर्ब ऋण सहयोग

काठमाडौं, २८ वैशाख । विश्व ब्यांकले नेपाललाई २६ करोड ६० लाख डलर ऋण सहयोग दिएको छ । सहयोग मध्ये २० करोड डलर बजेटरी सहयोग हो भने ६ करोड ६० लाख डलर रानी जमरा कुलरिया सिंचाई आयोजनाका लागि हो । विश्व बैंकले डेभलपमेन्ट पोलीसी क्रेडीट (डीपीसी) अन्तर्गत यो सहयोग दिएको हो । वित्तिय क्षेत्र तथा सार्वजनिक वित्त प्रणालीमा गरिएको सुधारका स्वरुप विश्व बैंकले बजेटरी सहयोग दिदैं आएको छ ।
रानीजमरा कुलरिया सिञ्चाई आयोजना अन्तर्गत सिञ्चाईंको आधुनिकीकरणका तथा जलउपभोक्ता समितिलाई सशक्तीकरणका लागि प्रदान गरिएको हो । रानीजमरा कुलरिया सिचाई आयोजना सम्पन्न गर्न बाँकी कामहरु यसै आयोजना अन्तर्गत सम्पन्न गरिनेछ । उक्त सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र विश्वबैंकका राष्ट्रिय निर्देशक सिम्याओ फानले हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x