Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वी च्याट र ह्वाट्सएपमार्फत् हुने हुण्डी नियन्त्रणका लागि सरकारको ‘अपरेशन’

वी च्याट र ह्वाट्सएपमार्फत् हुने हुण्डी नियन्त्रणका लागि सरकारको ‘अपरेशन’

काठमाडौं, २३ जेठ । सरकारले सामाजिक सञ्जालहरु ह्वाट्सएप र वीच्याटमार्फत् हुँदै आएको हुण्डी नियन्त्रणका लागि अपरेशन थालेको छ । हुण्डीको सूचनालाई गोप्य बनाउँन यस्ता सामाजिक सञ्जालको प्रयोग हुँदै आएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले ह्वाट्सएप र वीच्याटमार्फत् हुण्डी गर्ने सात जनालाई पक्राउन गरेसँगै यस्ता तथ्यहरु बाहिर आएका छन् । विदेशमा नेपालीहरुले कोही एजेण्टलाई पैसा बुझाउने उसले दिने केही अंकको कोड लिएर उसका आफन्तले नेपालमा सम्बन्धित एजेण्टलाई भेटेपछि नेपालमा पैसा पाउँछन् । यसरी विदेशमा पैसा उठाउने र नेपालमा पैसा दिने एजेण्टहरुले सूचना गोप्य बनाउन ह्वाट्सएपको प्रयोग गर्नेगरेका छन् । ह्वाट्सएप र वी च्याट प्रयोग गरी हुण्डी गर्ने कारोबारीहरु केही प्रहरीको नियन्त्रणमा आका छन् । पक्राउ पर्नेहरुमा नेपाल ओभरसिजका सञ्चालक राहुल अग्रवाल, एलाइट बिजनेशका राजकुमार श्रेष्ठ, सग्तानी ट्रेडर्सका शिवकुमार साङ्तानी, पूर्णलक्ष्मी इन्टरप्राइजेजका अरुण सावरथिया, जगदिश राना सरिया, राजकुमार सिघान्ची र रविन्द्र चोखानी रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ५१ लाख चार हजार ५ सय रुपैयाँ र ३ करोड ५६ लाख ७३ हज ५५७ रुपैयाँ बराबरको विभिन्न बैंकको चेक समेत बरामद गरेको छ। प्रहरीले पक्राउ परेकाहरुलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाएको छ।
उनीहरूले नेपाल बाहेक भारत,चीन, अस्ट्रेलिया, दुबई लगायत देशहरूमा हुणंडीको कारोबार गर्दै आएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। उनीहरुले बाहिरी आवरण बहुराष्ट्रिय कम्पनीको कारोबार भएपनि भित्र हुन्डीको कारोबार रहेको देखिएको महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका प्रहरी वरिष्ठ उपरिक्षक धिरजप्रताप सिंहले बताए।
त्यस्तै चिनियाँ पर्यटकले वीच्याटमार्फत् आफ्नो भ्रमणको प्याकेज किन्ने गरेको पाइएको छ । ठमेल, चाइना टाउन लगायतका क्षेत्रमा चिनियाँ नागरिकले सञ्चालन गरेका होटलहरुमा तिर्नुपर्ने पैसा वीच्याटको क्यूआरकोड मार्फत् चीनमा भुक्तानी हुन्छ । यस्ता सामाजिक सञ्जालले गर्दा हुण्डी अझै सहज र सजिलै ट्रयाक गर्न असहज भएको बताइएको छ । यद्यपि प्रहरीले शंकास्पदहरुमाथि निरन्तर अनुगमन गरिरहेको प्रहरी वरिष्ठ उपरिक्षक सिंहले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x