Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने एमाले उपाध्यक्ष स्रावल

अछाम

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधान शंशोधन बिधेयक कुनै पनि हालतमा पास नहुने बताउनु भएको छ । प्रेस चौतारी नेपाल जिल्ला समिति अछामको आयोजनामा सदरमुकाम मंगलसैनमा भएको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष रावलले संविधान संशोधनको बिरुद्धमा स्पष्ट एक तिहाई मत रहेको र संविधान संशोधन बिधेयक राष्ट्रघाति भएकोले कुनै पनि देशभक्त नेपालीले यसलाई पारित नगर्ने दाबी गर्नुभयो ।

प्रदेशको सीमांकन हेरफेरको सूचना ३ महिनाभित्र प्रदेश सभामा पठाउनुपर्ने स्पष्ट संविधानमा उल्लेख भएको र त्यसो नभएमा स्वतः निष्क्रिय हुने भन्दै संविधान शंशोधन संविधान र संसदीय मान्यता विपरित रहेको तथा संविधान विपरित गए आफ्नो पार्टीको बिरोध रहने उहाँको भनाई छ ।

प्रेस चौतारी अछामका अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधान तथा रक्षा मन्त्री समेत रहनु भएका नेता रावलले एमाले ३ वटै निकायको चुनावका लागि तयार रहेको भन्दै सरकाले छिटो चुनावको मिति घोषणा गर्नुपर्ने माग गर्नुभयो । २०७४ माघ ७ गतेभित्र तीनओटै निकायका चुनाव नभए देशमा रिक्तता उत्पन्न हुने भन्दै अहिले सरकार चुनावको मिति घोषणा नगरि देशमा रिक्तता उत्पन्न गरी आफ्नो आयु बढाउन लागेको हो कि भन्ने शंका रहेको बताउनु भयो ।

अहिले संविधानको कार्यान्वयन गरी सबै जात जाती, भाषा, समुदायका व्यक्तिको अधिकार सुनिश्चित गर्नुपर्ने बेला भएको भन्दै एमाले उपाध्यक्ष रावलले संविधानमा सबैका अधिकार सुनिश्चि रहेका बताउनु भयो । संविधान शंशोधनको प्रस्तावले समस्या ल्याएको भन्दै मधेशी दलहरुले कहिले जात जातिको नाममा, कहिले भाषाको नाममा बखेडा झिकिरहेको उहाँको आरोप छ ।

देशको स्वाधिनता, अखण्डता, एकतामा संविधान संशोधन प्रस्तावले आँच पु¥याएको भन्दै आफु लगायतका ९ दलले बिरोध गरेको भन्दै संसदीय मूल्य र मान्यताको चर्कौ स्वरमा वकालत गर्ने कांग्रेस माओवादीले सबै विपक्षि दलको बिरोधका बाबजुत शंशोधन बिधेयक पेश गरेको भन्दै यो व्यवस्थापिका संसदको नियमावली विपरित भएको बताउनु भयो । देश र जिल्लाको विकासका लागि एमालेले २०५१ साल देखि एमालेको नेर्तत्वमा बनेका विभिन्न सरकाले ठोस खाका ल्याएको नेता रावलको भनाई छ ।

जिल्लाका केही अवरुद्ध बिकास निर्माणका योजना चित्रै पुल, मंगलसैन दरबार, कैलाशखोला जलविद्युत आयोजना, ५५ कोठे चौरपार्टी अस्पतालको भवन लगायतमा आफुले गम्भिर ध्यान दिईरहेको भन्दै काम नगर्नेलाई कारबाही गर्न प्रमुुख जिल्ला अधिकारीलाई समेत भनिसकेको बताउनु भयो । माधव नेपाल नेतृत्वको सरकारको पालामा मध्येपहाडी लोकमार्ग, सेती लोकमार्ग, बुढीगंगा जलविद्युत आयोजनाका काम अघि बढाएको उहाँले बताउनु भयो ।

यस्तै केपी ओलि नेतृत्वको सरकारको पालामा देशका विभिन्न खानी उत्खनन गर्ने, उद्योग धन्दा संचालन गर्ने, भारत संग ७ बुँते सहमती, चीन संग १० बुँदे सम्झौता लगायतका काम एमालेले अघि बढाएको उहाँको भनाई छ । देशको राजनीतिक अस्थिरताको कारण चाहेजस्तो विकास हुन नसकेको भन्दै अब देशलाई सम्बृद्धिको बाटोमा अघि बढाउनु पर्ने उहाँको भनाई छ ।

सबै देशभक्त नागरिकले देशको हितका लागि बोल्नु पर्ने भन्दै नेता रावलले एमाले हिमाल, पहाड र तराईका जनताको हितका लागि लडिरहेको भन्दै देशभर र तराईमा समेत एमालेप्रति आकर्षण बढीरहेको बताउनु भयो । कसैकसैले एमाले तराई, मधेश बिरोधि पार्टी भएको कुप्रचार गरिरहेको भन्दै बरु केही मुठ्ठीभर मधेशी, चुनाव हारेका र देशको अस्मिताको बारेमा बिदेशी राजदुतावासमा भात खाएर देशघात गर्नेहरु नै मधेश बिरोधी भएको ठोकुवा गर्नुभयो ।

धेरै मधेशी जनता देशभक्त रहेका स्पष्ट पार्दै नेता रावलले जनताले चुनावमा हराएका व्यक्तिहरु विभिन्न षडयन्त्र गरी देशलाई दीर्घकालिन रुपमा असर पर्ने काम गर्न उद्यत रहेका दाबी गर्नुभयो । प्रेस चौतारी अछामका उपाध्यक्ष कालु बोहराको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन सचिव टेकबहादुर थापाले गर्नुभएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x