Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शिखर इन्स्योरेन्सको पौष ७ मा एजिएम, बुक क्लोज कहिले

शिखर इन्स्योरेन्सको पौष ७ मा एजिएम, बुक क्लोज कहिले

काठमाडौं, १८ मंसिर । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारण सभा पौष ७ गते बस्ने भएको छ । उक्त साधारण सभामा कम्पनीले शेयरधनीहरुलाई २९ प्रतिशत बोनस शेयर दिने भएको छ । यस्तै कम्पनीले कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश दिने बताएको छ ।

शिखर इन्स्योरेन्सले यहि साधारण सभामा नयाँ शेयर निष्कासनको प्रस्तावलाई समेत अनुमोदन गर्ने बताएकोमा धितोपत्र बोर्डले नयाँ शेयर निष्कासनको स्विकृति नदिए पछि उक्त प्रस्तावलाई सभामा नलाने भएको छ । कम्पनीले सर्वसाधारण शेयरधनीहरुको चुक्ता पुँजीमा ४० प्रतिशतको हिस्सा पुर्याउनका लागि नयाँ शेयर निष्कासन गर्ने भएको थियो ।

लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २२ देखी पौष ७ गतेसम्मका लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसिर २१ सम्ममा कम्पनीको शेयर किन्ने शेयर लगानीकर्ताहरुले २९ प्रतिशत बोनस शेयर सुरक्षित गर्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x