Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

शिवनगर खानेपानी आयोजनाको उद्घाटन भालुवाङ्खबाट

शिवनगर खानेपानी आयोजनाको उद्घाटन भालुवाङ्खबाट

bidhyadevibhandari
धनगढी,१४ माघ
पुर्व घोषित शिवनगर खानेपानि आयोजना कार्यक्रमको उद्य्घाटर्न राष्टपति श्रीमति विद्यादेवी भण्डारीबाट गरिने भनेको कार्यक्रमको उद्घाटन खराब मौसमका कारणलेगर्दा भालुवाङ्खबाट फोनद्धारा उद्घाटन भउको छ ।
मौसम खराविका कारणले गर्दा कैलालीको धनगढी उपमहानगरपालिमा रहेको शिवनगर खाने पानी आयोजनाको उद्घाटन कार्यक्रम लाई राष्टपति श्रीमति दिद्या देवी भण्डारीले दाङ्खबाट फोन मार्फत उद्य्घाटन गरेकी छिन् । काठमान्डौं विहान नौं बजे उक्त कार्यक्रमका लागी हेलिक्टर मार्फत कार्यक्रम उद्य्घाटनका लागी सो क्षेत्रमा प्रस्तान गरेको उनले फोन मार्फत जानकारी गरायकी थिईन् । राष्ट पति श्रीमति विद्या्देवी भण्डारीका अन्ुसार काठमान्डौं बाट प्रस्थान भयो हेलीक्टर आकासमा धैरै पानी र कालोबादल लागेका कारणले गर्दा पाईलटले प्रयास गर्दा गदै पनि उद्य्घाटन स्थलमा आउन नसकेको उनले फोन मार्फत जानकारी गराईन् । आयोजनाको उद्य्घाटन फोन मार्फत भएको उनले घोषणा गरेकी थिईन । आयोजकले तमझामका साथ कार्यक्रम स्थललाई सजाएका थिए भने जन्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । जन्ताहरु विहान करिब ९ बजे देखी स्वागतका लागी कार्यक्रम स्थलमा रहेका थिए भने नआउन सुचना प्रप्त गर्दा निरास भयर फर्केका थिए ।
उपभोक्ता समितिले आयोजना गरियको उत्त कार्यक्रम राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले फोन बाट उद्य्घाटन गरेकी थिईन् ।
उपभोक्ता समितिका अध्यक्ष नारदमुनी रानाले यस अघि धेरै पहिले देखी आयोजना उद्घाटनको तयारी गरेपनि राष्ट्रपति कार्यालयबाट समय नपाउँदा उद्घाटनमा ढिला भएको बताए ।
धनगढी उपमहानगरपालिका वडा नंम्बर १, ५, ७ र ८ सेवा क्षेत्र रहेको यो आयोजना सम्पन्न भई उपभोक्ताले खानेपानी समेत उपभोग गर्न थालिसकेका छन् । हाल सम्म यस आयोजनाबाट त्यस क्षेत्रका २ हजार ५० घरमा धारा जडान गरिसकेको अध्यक्ष रानाले जानकारी दिए ।
उनका अनुसार गरिब घरधुरीहरुलाई धारामा सहयोग २ सय ९१ घरधुरीमा, शौचालयमा सहयोग २ सय ४४ घरधुरीमा गरिएको छ । २०६८ सालमा निर्माण शुरु भएको आयोजना २०७१ सालमा सम्पन्न भएको थियो । आयोजनाको कुल लागत १८ करोड १२ लाख २६ हजार ५ सय १७ रहेको छ । जसमा खानेपानी तर्फ एसियाली विकास बैंकको ५० प्रतिशत अनुदान र उपभोक्ताको लगानी ५० प्रतिशत रहेको छ । उपभोक्ताको ५० प्रतिशत लगानीमा नगर विकास कोष ऋण ४५ प्रतिशत र उपभोक्ताबाट अग्रिम नगद योगदान ५ प्रतिशत रहेको अध्यक्ष रानाले जानकारी दिए ।
यो आयोजना निर्माणका लागि निमार्ण व्यवसायी सिचुवान–चन्द्रा एण्ड बसन्त नागार्जुन–ज्वाईन्ट भेन्चर रहेको थियो भने परामर्शदाता ईआरएमसि प्राली काठमाण्डौ रहेको थियो । यस आयोजनामा २ वटा डिप ट्युवल, ४ सय ५० घन मिटरको एक वटा ओभरहेड टंकी, ३ सय घन मिटरको प्रशोधित पानी भण्डारण टंकी एक वटा रहेको छ ।
यस्तै यस आयोजनामा ५५ हजार ३ सय २७ मिटर पाईप लाईन, प्रेसर फिल्टर प्लान्ट ३, फायर हाईड्रेन्ट ८ वटा रहेको अध्यक्ष रानाले जानकारी दिए । अध्यक्ष रानाले यस आयोजनाले खानेपानी सरसफाई संगै सामाजिक पाटोलाई पनि ध्यान दिएको बताए । उनले सामाजिक पाटो अन्तैगत आगलागि भएको बेला चाहिने आवश्यक पानी स्टक, सार्बजनिक शौचालय लगायत रहेको बताए ।eee ooeeett

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x