Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजारमा अल्पकालिन कारोबार, कारोबार रकममा ह्वातै वृद्धि

शेयर बजारमा अल्पकालिन कारोबार, कारोबार रकममा ह्वातै वृद्धि

काठमाडौं, ७ मंसिर । यस साताको पहिलो र दोस्रो दिन ओरालो लागेको शेयर बजार साताको अन्तिम तिन दिन बढेको छ । आइतबारको तुलनामा विहिबार बजार १७.५७ अंकले बढेको छ ।

शेयर बजारमा अल्पकालिन लगानी र प्रतिफल सुरक्षित गरेर वाहिरीने प्रवितृ देखिएको छ । यसरी अल्पकालिन कारोबारका कारण साना तथा मझौला शेयर लगानीकर्ताहरु अन्यौलामा परेको बताइएको छ । यहि अन्यौलताका कारण साना तथा मझौला लगानीकर्ताहरु पर्ख र हेरको स्थितीमा रहेका छन् । फाइदा उठाउने बजार घट्दा र बढ्दा पनि फाइदा लिएकै हुन्छन्, हामी भने के गर्ने भन्नेमा छौं, शेयर लगानीकर्ता निरन्जन थापाले बताए ।

शेयर बजारमा तिव्र उतारचढापमा सिमित लगानीकर्ताहरुले मात्रै फाइदा लिएको थापाले बताए । अल्पकालिन लगानी र कारोबारको प्रभावले नै अहिले शेयर बजारमा उतारचढाप आएको हो । कार्तिक महिनाको शुरुवात देखी नै तिव्र रुपमा घटिरहेको बजारमा कार्तिक मसान्तमा आएर एक्कासी बढ्नु र फेरी घट्नुले शेयर बजारमा अल्पकालिन कारोबारीहरुको हावी बढेको बुझिएको छ । यस साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार सोमबार सामान्य घेटेको थियो । पछि मंगलबार शेयर बजारमा ुसामान्य सुधार भएको थियो । हिजो वुधबार शेयर बजारमा ८.०२ अंकको सुधार देखियो । तर कारोबार रकममा भने कमी आएको थियो । आज विहिबार शेयर बजार दोहोरो अंकले माथि उक्लेको छ । नेप्सेमा आएको सुधारसगै कारोबार रकम पनि ह्वातै बढेको छ ।

विहिबार शेयर बजारको परिसुचक १३.०३ अंकले बढेर १४९३.२९ विन्दुमा पुगेको छ । यस्तै आज ६८ करोड ५७ लाख २८ हजार ३५५ रुपैयाँको कारोबार भएको छ । विहिबार १६५ कम्पनीहरुको १३ लाख ९१ हजार ८५३ कित्ता शेयरको किनबेच भएको छ । आज नेप्से परिसुचकसंगै कारोबार रकम, शेयर कारोबार संख्या र कम्पनीको संख्या समेत सुधार भएको छ । शेयर बजारमा आज १० वटै समुहगत परिसुचकहरुको कारोबार भएको छ । जसमध्ये व्यापार समुह बाहेक बाँकी समुहगत परिसुचकहरु सकारात्मक भएका छन् ।

साताभरको शेयर बजारको स्थिति

यस साता शेयर बजार समग्र रुपमा बढेको छ । आइतबारको तुलनामा विहिबार शेयर बजार १७.५७ अंकले वृद्धि भएको छ । आइताबार १४७५.७२ विन्दुमा रहेको शेयर बजार विहिबार १४९३.२९ अंकमा पुगेर बन्द भएको छ । यस साता आइतबार र सोमबार शेयर बजारमा गिरावट आएको थियो । तर मंगलबार पछि शेयर बजार बढेको हो ।

गत साताको विहिबारको तुलनामा यस साताको विहिबार शेयर बजार ४.२३ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x