Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

शेयर बजारमा दोहोरो अंकको गिरावट

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं, ३ मंसिर । आइतबार शेयर बजार परिसुचक नेप्से परिसुचक १३.३४ अंकले घटेको छ । दोहोरो अंकको गिरावटसंगै नेप्से परिसुचक १४७५.७२ विन्द्मा पुगेको छ ।

गत साताको पहिलो तिन दिन शेयर बजारमा वृद्धि देखिएको थियो । तर बुधबार र विहिबार शेयर बजारमा गिरावट आयो । गत हप्ताको अन्तिम दुई दिन कै गति आइतबार पनि शेयर बजारले समाएको छ । गएको आइतबार, सोमबार र मंगलबार शेयर बजारमा खरिदको चाप देखिएकाले नेप्से परिसुचक माथि उक्लेको थियो । तर बुधबार र विहिबार शेयर बजारमा बिक्रीको चापको कारण परिसुचक नकारात्मक बनेको हो । शेयर बजार गत साताको पहिलो तिन दिन ५५.२९ अंकले बढेको थियो । त्यस यता बजार पुनः ४०.३० अंकले घटेको छ । जुन रफ्तारमा शेयर बजार वृद्धि तर्फ लागेको थियो सोहि अनुरुप नै घटेको पाइएको छ ।

शेयर बजारमा आज १५६ कम्पनीहरुको ११ लाख ५५ हजार ६९२ कित्ता शेयरको किनबेचबाट ४५ करोड ५२ लाख ७२९ रुपैयाँको कारोबार भएको छ । गत विहिबारको तुलनामा आज आइतबार कारोबार रकम र शेयर कित्ता किनबेच बढेको छ । यहि तथ्याङ्कलाई हेर्ने हो भने पनि आइतबार शेयर बजारमा बिक्रीको चाप परेको भन्न सकिन्छ ।

आइतबार उत्पादन समुहको परिसुचक बाहेक अरु सबै समुहगत परिसुचकहरुमा गिरावट आएको छ । आज उत्पादन समुह ६.८२ अंकले बढेको छ । आज सबैभन्दा बढि अंकले वीमा समुहको परिसुचक घटेको छ । वीमा समुह आज १३४.३३ अंकले घटेको छ । यस्तै होटल समुह ८५.७५, लघुबित्त २४.८७, जलविद्युत समुह १०.४५, विकास बैंक १७.२६, अन्य समुह ७.८, बाणिज्य बैंक ७.३४ र वित्त कम्पनी ५.०६ अंकले परिसुचक घट्न गएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x