Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर बजारमा सुधार, झण्डै ४० अंकले बढ्यो नेप्से

शेयर बजारमा सुधार, झण्डै ४० अंकले बढ्यो नेप्से

काठमाडौं, १३ चैत्र । सोमबार ५२ अंकले घटेको शेयर बजारमा मंगलबार सुधार भएको छ । मंगलबार शेयर बजारको मापक नेप्से परिसुचक ३९.१६ अंकले बढेको छ ।

कारोबार शुरु भएको सुरुवाती समयमा घटेको शेयर बजारमा मध्ये दिनबाट सुधार हुँदै गएको हो । मंगलबार शेयर बजार घटेर ११३५.०७ विन्द्ुमा पुगेको नेप्से परिसुचक ३९.१६ अंकको वृद्धिसंगै १२०७.७१ अंकमा पुगेको छ । हिजो ५२ अंकको धक्का लागेको शेयर बजारमा मंगलबार सुधार आएको हो । यो सुधारसंगै शेयर बजार समग्र ३.३५ प्रतिशतले बढेको छ ।

सोमबार शेयर बजारमा ५२ अंकको गिरावट आए पछि इन्भेष्टर्स फोरमले १९ बुँदे मागपत्र जारी गर्दे आन्दोलनमा जाने घोषणा गरेको थियो । शेयर आपुर्तिमा आएको वृद्धि र वित्तीय प्रणालीमा भएको तरलता अभावले सृजना गरेको व्याजदर वृद्धिले शेयर बजारलाई ओरालो लगाइएको विश्लेषक, नियामक निकाय र सरकारको बुझाई रहेको छ ।

मंगलबार शेयर बजारमा ४ अर्ब ७१ करोड ९२ लाख ८९ हजार ३३३ रुपैयाँको बोनस शेयर थपिएको छ । यसरी बोनस शेयर सबैभन्दा बढि थपिनेमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । मंगलबार स्ट्याण्डर्ड चार्टर्डको ४ करोड ५७ हजार १५३.३३ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका छन् । यस्तै बोनस शेयर सुचिकृत हुनेमा माछापुच्छ्रे बैंकको ६६ लाख ५१ हजार ४९० कित्ता, एभरेष्ट बैंकको २ लाख २ हजार पाँच सय कित्ता र एनएमबि माइक्रोफाइनान्सको २ लाख ८१ हजार ७५० कित्ता रहेका छन् ।

आज मंगलबार शेयर बजारमा व्यापार समुहको परिसुचक बाहेक सम्पुर्ण समुहगत परिसुचकहरुमा सुधार आएको छ । व्यापार समुह आज ३.१३ अंकले तल झरेको छ । यस्तै वाणिज्य बैंक ३२.२७, होटल १२६.२६, विकास बैंक ४१.७, जलविद्युत ६१.७७, वित्त कम्पनी २.४३, वीमा २९३.८६, उत्पादन ३.८८ र लघुवित्त ६५.५ अंकले माथि उक्लेको छ । मंगलबार वीमा कम्पनीको परिसुचक सबैभन्दा बढि सुधार भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x