Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

शेयर बजार ओरालो लाग्ने क्रममा, कारोबार रकममा समेत गिरावट

शेयर बजार ओरालो लाग्ने क्रममा, कारोबार रकममा समेत गिरावट

काठमाडौं, १ जेठ । शेयर बजारमा मंगलबार कारोबार रकम कमी आएको छ । मंगलबार कुल १४३ कम्पनीहरुको ३ लाख १९ हजार २६० कित्ता शेयरको किनबेचबाट १४ करोड ९२ लाख ३९ हजार ९५५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार शेयर बजारको परिसुचक ४.३२ अंकले घटेको छ । यो गिरावटसंगै नेप्से परिसुचक १३३३.८५ विन्दुमा पुगेको छ ।

नेप्से परिसुचकसंगै मंगलबार कारोबार भएका १० समुहगत परिसुचक मध्ये ८ वटा समुहगत परिसुचकमा गिरावट आएको छ । यता व्यापार समुह ५.४९ अंक र उत्पादन समुह २८.१६ अंकले बढेको छ । मंगलबार वाणिज्य बैंक ४.२८, होटल ३२.९५, विकास बैंक १०.९६, जलविद्युत १३.१४, वित्त १.३३, वीमा १२.७६, अन्य समुह ०.५३ र लघुवित्त ५.६२ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x