Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

शेयर बिक्रीको चाप घट्यो, बजार सकारात्मक बन्यो

शेयर बिक्रीको चाप घट्यो, बजार सकारात्मक बन्यो

काठमाडौं, २० वैशाख । साताको अन्तिम दिन विहीबार शेयर बजारमा शेयर बिक्रीको चापमा कमी आएको छ । शेयर कारोबार रकममा आएको सुधारले शेयर बिक्रीको चापमा कमी आएको प्रस्टाएको छ । विहीबार कुल १६९ कम्पनीहरुको १४ लाख ६५ हजार ५९३ कित्ता शेयरको किनबेचबाट ७५ करोड ८३ लाख ७२ हजार २९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

शेयर बजारमा आज उतारचढाप देखिएको छ । नेप्से परिसुचक आज ५.७७ अंकले बढेर १३६६.१५ विन्दुमा पुगेको छ । शेयर बजार बढ्ने क्रममा आजको उच्चतम विन्दु १३७९.४४ सम्म पुगेको थियो । चालु आर्थिक वर्षको चैत्रमसान्तसम्मको वित्तीय प्रतिवेदन अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरुको प्रगती सन्तोषजनक मान्नु पर्ने देखिएको छ । जसको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ ।

विहीबार नेप्से परिसुचकसंगै ९ वटै समुहगत परिसुचकहरुको कारोबार भएको छ । नेप्सेमा १० समुहगत परिसुचकहरु छन् । जसमध्ये विहीबार ९ वटा समुहगत परिसुचकहरुको मात्र कारोबार भएको छ । कारोबार भएका ९ वटा समुहगत परिसुचकहरु मध्ये होटल समुह ८.६७ अंक र अन्य समुह २.९६ अंकले झरेको छ । यता वाणिज्य बैंक ३.५५, विकास बैंक ३.४९, जलविद्युत १७.१, वित्त कम्पनी ३.८६, वीमा ७५.६२, उत्पादन १०.६ र लघुवित्त १६.५५ अंकले बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x