Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

संखुवासभामा फस्टाउदै रुद्रांक्ष खेती

संखुवासभामा फस्टाउदै रुद्रांक्ष खेती

युवराज पन्त
काठमाण्डौ, १६ पुुस । संखुवासभा जिल्लाको सदरमुकाम खाँदवारी बजारमा हरेक वर्ष भदौ महिना यता रुद्राक्षको व्यापार वढ्ने गरेको छ । भोजपुर जिल्लाको समेत नजिकको बजारको रुपमा रहेको खाँदवारी बजारमा २ मुखे देखि २७ मुखे सम्मका रुद्राक्ष बिक्रीका लागि ल्याउने गरेका छन ।

आन्तरिक तथा वाह्य पर्यटक साथै चिनियाँ र भारतवाट रुद्राक्ष खरिदका लागि ब्यापारीहरु आउने गर्छन । रुद्राक्ष खरिदका लागि जिल्ला प्रशासन कार्यालयवाट इजाजत पत्र लिनुपर्ने हुन्छ । उनीहरुको आगमनसँगै मकालु हिमालको जिल्ला खाँदवारीमा छुटै रौनक र भिडभाड हुनेगर्दछ ।

स्थानीय व्यवसायीहरुका अनुसार ६ मुखे रुदाक्ष आकाँर हेरेर सामान्यतय प्रतिकेजी १० हजार रुपैयाँ भन्दा माथिको रकममा बिक्री गरिन्छ भने अन्यको प्रति गोटाले बिक्रि हुने गरेको छ । तर २७ मुखे रुद्राक्षको भने एउटैको २५ देखि ३० लाख रुपैयाँ सम्ममा बिक्री हुने गरेको व्यवसायीहरु बताउछन् ।

सामान्यतयाः रुद्राक्ष पञ्चमुखी फल्ने तर त्यसको भाउ नभएतापनि चिल्लो, ठेप्चे र साइज ठुलो भएको खण्डमा विक्रि हुने गरेको छ । साइजसँगै मूल्य पनि उति माथि पर्ने गरेको छ । जिल्लामा वार्षिक रुपमा करोडौको रुद्राक्ष व्यापार हुने गरेको उद्योग वाणिज्य संघ संखुवासभाका अध्यक्ष अन्नत कुमार गौलीले जानकारी दिए । पछिल्ला समय रुद्राक्षले संखुवासभाको पहिचान मात्र नभई मुख्य आम्दानीको स्रोेतको रुपमा रहेको छ । सोही अनुसार यहाँका किसानहरुले अन्य खेती मासेरै रुद्राक्षको खेती गर्न थालेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x