Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संघीय संसदमा बजेट अधिवेशन सुरु

संघीय संसदमा बजेट अधिवेशन सुरु

काठमाडौं, २३ बैशाख । संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अर्थात बजेट अधिवेशन आज देखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को सिफारिसमा नेपालको संविधान बमोजिम आइतवारका लागि सङ्घीय संसदको दोस्रो अधिवेशनको आह्वान गरेकी थिइन् ।

आजको बैठकमा सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत कार्यसूची रहेको थियो ।

त्यस्तै २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत हुने र सभामा छलफल गर्ने सचिवालयले प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ । यो अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षका लागि बजेट समेत प्रस्तुत हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x