Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

संयुक्त राष्ट्र संघ भन्छ आधुनिक उर्जा पहुँच अतिकम विकासित मुलुकहरुको गरिबी निवारणमा सहयोगी

संयुक्त राष्ट्र संघ भन्छ आधुनिक उर्जा पहुँच अतिकम विकासित मुलुकहरुको गरिबी निवारणमा सहयोगी

काठमाडौं, ७ मंसिर । अतिकम विकसित मुलुकहरुको प्रतिवेदन २०१७ः रुपान्तरणीय उर्जा पहुँजले पर्याप्त, भरोसायुक्त र किफायती उर्जा पहँुचको अभिवृद्धिले अतिकम विकसित मुलुकहरुको गरिबी निवारणमा सहयोेगी भुमिका निर्वाह गर्ने बताएको छ । उक्त प्रतिबेदन युनाईटेक नेसन्स् कन्फरेन्स अन टे«ड एण्ड डेभलपमेन्ट युएनसिटिएडिले बुधबार सार्वजनिक गरेको हो ।

प्रतिवेदनको अनुसार ४७ अतिकम विकासित मुलुकहरुका नागरिकहरुले घरमा उर्जाको पहुँच विस्तार गर्न नसकेको बताएको छ । यद्यपी पछिल्लो वर्षहरुमा यी मुलुकहरुले उर्जाको पहुँच विस्तारमा केहि सुधार गरेको पाइएको छ । साथै राष्ट्र संघले २०३० सम्ममा विश्वव्यापी रुपमा सबैमा उर्जाको पहुँज विस्तार गर्न वार्षिक ३५० प्रतिशतले उर्जा पहुँचमा अतिकम विकसित मुलुकहरु लाग्न पर्ने देखाएको छ ।

अतिकम विकसित मुलुकहरुमा आर्थिक वृद्धि र उर्जाको प्रयोग बिचको समन्वय व्यवस्थापन कमजोर भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनको आधारमा यी मुलुकहरुमा संचालित व्यवसायहरुले ४० प्रतिशतमात्र उर्जा खपत गरेको पाइएको छ । यस्तै अतिकम विकसित मुलुकको ६० प्रतिशत जनसंख्या उर्जा पहुँचको परिधिमा पर्न सकेका छैनन् । अतिकम विकसित मुलुकले विकासिल मुलुक र विकासित मुलुकको तुलनामा क्रमशः ८ प्रतिशत र २ प्रतिशतले मात्र उर्जा विकासमा खर्च गर्न सकेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सन् २०३० सम्ममा सबैको पहुँचमा उर्जा विस्तार गर्न अधिक लागत लाग्ने देखिएको छ । प्रतिवेदनले गरेको अनुमानित खर्च अनुसार सबैमा उर्जा पहुँच विस्ताक लागि वार्षिक १२ अर्ब दखी ४० अर्व अमेरिकी डलर खर्च हुने प्रक्षेपण गरिएको छ । तर ४७ वटै अतिकम विकसित मुलुकहरुको उर्जा विकासको लागि कुल सरकारी खर्च भने वार्षिक ३ अर्ब डलर मात्र भएको गरेको पाइएको छ । यस्तै उर्जा विकासका लागि निजी क्षेत्रको भुमिका र कर्जाको उपलब्धतामा समेत सन्तोषजनक सुधार भएको छ्रैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x