Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम मार्च १२ देखि, १ करोड खर्च लाग्ने अनुमान

सगरमाथा आरोहणका लागि बाटो बनाउने काम मार्च १२ देखि, १ करोड खर्च लाग्ने अनुमान

युवराज पन्त

काठमाडौं, १६ फागुन । आउँदो बसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मार्च १२ देखि बाटो निर्माणको काम सुरु गरिने भएको छ । सगरमाथा प्रदुषण नियन्त्रण संघका अनुसार बाटो निर्माणका लागि ८ जना आइसफल डाक्टर सहित १५ जनाको टोली मार्च १२ तारिखका दिन सगरमाथाको आधार शिविरतर्फ जादै छन् ।

टोलीले सगरमाथाको क्याम्प– २ सम्म बाटो निर्माण गर्ने छन् । र, बाटो निर्माणपछि पनि थप ९० दिनसम्म सो टोली तयारी अवस्थामा बस्ने संघका अध्यक्ष निशान क्षेष्ठले बताए । उनीहरुले हिमपातका कारण भत्किएका पुराना बाटोको मर्मत, आरोहणमा प्रयोग हुने डोरी, भर्याङहरुको व्यवस्थापन लगायतको काम गर्ने छन् ।

क्याम्प २ देखि माथिका ३, ४ र चुचुरोसम्मै आरोही लिएर आएको एक्पिडिसनका कर्मचारीहरूले बाटो बनाउने गर्छन । आधार शिविरदेखि आइसफ क्षेत्र हुँदै क्याम्प दुईसम्म बढी मात्रामा हिउँ जम्ने भएकाले पुरानो बाटो छिचोल्न कठिन हुने र त्यस क्षेत्रमा विशेष अनुभवी र दक्ष व्यक्तिलाई बाटो निर्माणमा खटाइने गरिन्छ । यसरी हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डक्टर भन्ने गरिन्छ ।

बाटो निर्माणका लागि सम्पूर्ण सामाग्रीहरु लैजानका लागि हेलिकेप्टर प्रयोग गर्नुपर्ने भएकोले करिब १ करोडको हाराहारीमा खर्च लाग्ने पनि उनले जानकारी दिए । संघले विसं २०४८ साल देखि सगरमाथा आरोहणको सहजताका लागि बाटो निर्माण गर्ने कार्य गर्दै आएको छ । बसन्त ऋतुमा शरद पछि सबैभन्दा धेरै पर्यटकले सगरमाथाको आरोहण गर्ने गरेको तथ्यांकले देखाएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x