Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सगरमाथा चढ्न र उपाचार खर्चमा डेढ करोड वितरण

सगरमाथा चढ्न र उपाचार खर्चमा डेढ करोड वितरण

काठमाडौं,२४ जेठ । सार्वजनिक खर्च कटौती गर्ने बताउदै आएको के पी शर्मा ओली नेतृत्वको सरकारले गएको तीन महिनामा सगरमाथा चढ्नदेखि उपचार खर्चमा झन्डै डेढ करोड रुपैयाँ बाँडेको छ। ओली सरकारले वैशाख मसान्तसम्म नेता, कर्मचारी, संस्था र व्यक्तिलाई गरि १ करोड ३९ लाख रुपैयाँ बाँडेको हो । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको रेकर्ड अनुसार सगरमाथा चढ्ने नेपाली महिला पत्रकारको टोलीलाई ४० लाख रुपैयाँ दिएको छ । पत्रकारहरू रोशा बस्नेत, लक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङलाई सगरमाथा चढ्न जनही ८ लाख रुपैयाँ दिएको हो।

यस्तै नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का र तत्कालीन नेकपा एमालेका नेता जागृतप्रसाद भेटवाललाई उपचारका लागि सरकारले १५/१५ लाख रुपैयाँ दिएको छ। उपचाररत दुबै नेताको अहिले निधन भइसकेको छ। यसै गरी भारतमा उपचार गराएर फर्किएका राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरलाई पनि बिल बमोजिमको रकम उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ। यसै गरी केही कर्मचारीहरुला पनि उपचार खर्च ५/५ लाख दिने निर्णय गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिशमा कडा रोग लागेका कर्मचारीलाई सरकारले पाँच लाखसम्म उपचार खर्च दिन सक्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x