Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा

सन्राइज बैंकको शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको महारानी बजारमा

काठमाण्डौं, १७ साउन । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ २३ औँ शाखारहित बैंकिङ्ग सेवा सर्लाहीको ईश्वरपुर नगरपालिका वडा नं १३ महारानी बजारमा सुरू गरेको छ ।

उक्त शाखारहित बैंकिङ्ग सेवाको ईश्वरपुर नगरपालिकाका अध्यक्ष राम करण महतोले एक समारोहका बीच उद्घाटन गरे । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि अमरसिंह कुशवाहालाई पोइन्ट अफ सेल मेसिन बर्दिबास शाखाका प्रवन्धक दिपेश ढकालले हस्तान्तरण गरेका थिए

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या २३ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x