Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०१७ मा दश लाख पर्यटकको लक्ष्य अधुरो

सन् २०१७ मा दश लाख पर्यटकको लक्ष्य अधुरो

काठमाडौं, पुस १८ । भूकम्प र नाकाबन्दीका कारण उल्लेख्य गिरावट आएको पर्यटन व्यवसायमा सन् २०१७ को सुरुवातबाट केही सुधारका संकेतहरु देखिए । सन् २०१७ को पहिलो ६ महिनामा पर्यटक आगमन उल्लेख्य बढेपछि वर्षको अन्त्यसम्म दश लाख पर्यटक भित्रने अनुमान गरिएको थियो । सन् २०१७ को पहिलो ६ महिनामा ४ लाख ६० हजार पर्यटक भित्रिएका थिए भने वर्षको अन्त्यसम्म कुल आठ लाख ५७ हजार पर्यटक भित्रिएको अद्यागमन विभागले जनाएको छ ।
नेपालले सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । तर पर्यटकको आगमन भने लक्ष्यको तुलनामा आधा पनि पुग्न सकेको छैन । २० लाख पर्यटक भित्र्याउनका लागि होटल लगायत पूर्वाधारहरु तयार भएपनि सरकारले अन्य भौतिक पूर्वाधारहरु विमानस्थल, ट्रेकिङ ट्रेल, यातायात लगायत अन्य सुविधाहरु विस्तार गर्न नसक्दा लक्ष्य अनुसार पर्यटक भित्र्याउन नसकिएको पर्यटन व्यावसायीहरु बताउँछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x