Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सन् २०१८ को पहिलो दिन सेयर बजारमा हरियाली

सन् २०१८ को पहिलो दिन सेयर बजारमा हरियाली

काठमाडौं, १७ पुस । सन् २०१८ को पहिलो दिन सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४.२ अंकले घटेर १३९०.५८ बिन्दुमा झरेको बजार आज १४३४.८० बिन्दुमा पुगेर बन्द भएको छ ।

आज कारोबारमा आएका समूह मध्ये अन्य बाहेकका सबै सूमहको परिसूचक उकालो लागेको छ । अन्य सूमहको परिसूचक ०.८७ अंकले घटेको छ भने बैंकिङ समूह ४२.५२, व्यापार २.८७, होटल १११.५७, विकास बैंक ४५, हाइड्रोपावर समूहको ५९ अंकले बढेको छ ।त्यस्तै फाइनान्स १३.२६, इन्स्योरेन्स २७०.८, उत्पादन तथा प्रशोधन २५.३२ र माइक्रोफाइनान्स समूहको परिसूचक ६९.४७ अंकले बढेको छ।

आज कारोबारमा आएका एक सय ६३ कम्पनीको ४९ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x