Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सरकारको नीति तथा कार्यक्रम माथि संसद छलफल सुरु, छलफल तीन दिन सम्म चल्ने

सरकारको नीति तथा कार्यक्रम माथि संसद छलफल सुरु, छलफल तीन दिन सम्म चल्ने

काठमाडौं, ९ जेठ । सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि आज देखि प्रतिनिधिसभामा छलफल सुरु भएको छ । संघीय संसद सचिवालयका अनुसार नीति तथा कार्यक्रममाथि आज सहित तीन दिन छलफल हुनेछ ।

आज पहिलो दिन ११ बजे देखि संसद बैठक सुरु भएको छ । सरकारी कार्यक्रममाथि सत्ता समर्थित संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा ) तथा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभामा समेत गरी ८ वटा संशोधन दर्ता गराएका छन् । राजपा र फोरम नेपालले संविधान संशोधनलाई सरकारी नीति तथा कार्यक्रममा समेट्न माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएको छ भने कांग्रेसले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई सम्मानजनक पदावली प्रयोग हुनु पर्ने लगायतका विषयमा संशोधन दर्ता गराएका छन् ।

सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवि भण्डारीले गत सोमबार संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x