Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सरकारलाई राजस्व लक्ष्य भेट्टाउनै मुश्किल

सरकारलाई राजस्व लक्ष्य भेट्टाउनै मुश्किल

मंसिर १८ काठमाडौं । चालु आर्थिक वर्षमा ७३० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको सरकारलाई लक्ष्य अनुसार राजस्व प्राप्ति मुश्किल हुने देखिएको छ । चालु वर्षको सुरुवातदेखि नै राजस्व लक्ष्य अपुग रहेकोमा तेश्रो महिनामा भने लक्ष्यको ९९ प्रतिशत राजस्व संकलन भएको थियो तर चौथो महिनादेखि लक्ष्य र असुलीबीचको अन्तर बढ्न थालेको छ ।

अर्थ मन्त्रालय राजस्व महाशाखाका अनुसार प्रथम चौमासिकमा २०१ अर्ब७५ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा १९७ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको छ । जुन लक्ष्यको ९८ प्रतिशत हुन्छ । खासगरी आयकर र मूल्य अभिवृद्धिकर तर्फ लक्ष्य अनुसार राजस्व संकलन नहुँदा समग्र कर संकलनमै कमी आएको हो । समीक्षा अवधिमा लक्ष्यको ८८ प्रतिशतमात्र आयकर संकलन भई कुल २८ अर्ब १७ करोड रुपैयाँ संकलन भएको छ, यद्यपि आयकर अन्तर्गत पहिलो चौमासिकमा ३१ अर्ब ९१ करोड संकलन हुने अपेक्षा थियो । ब्याज, बहाल कर तथा सम्पत्ति बहाल पट्टामा लाग्ने आयकर लक्ष्यभन्दा बढी संकलन भएपनि व्यक्तिगत र कर्पोरेट आयकरले लक्ष्य भेट्टाउन नसक्दा लक्ष्यभन्दा कम असुली भएको हो ।

त्यस्तै, मूल्य अभिवृद्धि कर पनि लक्ष्प्यको ९७ प्रतिशत अर्थात् ६३ अर्ब ७२ करोड रुपैयाँ मात्र संकलन भएको छ । भन्सार महशुल लक्ष्यको ९९ प्रतिशत ४० अर्ब ८६ करोड रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ । अन्तःशुल्क भने लक्ष्यको ८ प्रतिशत अर्थात् ३२ अर्ब ७७ करोड रुपैयाँ संकलन भएको छ । गैर कर राजस्व भने लक्ष्य अनुसार नै १९ अर्ब रुपैयाँ संकलन भएको छ । अन्यकरतर्फ पनि लक्ष्यभन्दा बढी ३५ प्रतिशत संकलन भई कुल ५ अर्ब ८१ करोड रुपैयाँ संकलन भएको छ ।

यद्यपि, सवारी साधन कर भने लक्ष्यको ९४ प्रतिशत अर्थात् ४ अर्ब रुपैयाँ र रजिस्ट्रेसन दस्तुर लक्ष्यको ६६ प्रतिशतमात्र अर्थात् २ अर्ब ९० करोड रुपैयाँ संकलन भएको छ । शिक्षा र स्वास्थ्यसेवा तर्फ पनि लक्ष्यको क्रमशः ८४ र ७८ प्रतिशत संकलन भई २४ करोड र ३१ करोड ७६ लाख रुपैयाँ संकलन भएको अर्थमन्त्रालयले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x