Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्रदेशको अस्थायी राजधानीको खाका तयार, आफ्नो क्षेत्रलाई राजधानी बनाउन माग गर्दै ठाँउ ठाँउमा आन्दोलन

प्रदेशको अस्थायी राजधानीको खाका तयार, आफ्नो क्षेत्रलाई राजधानी बनाउन माग गर्दै ठाँउ ठाँउमा आन्दोलन

काठमाडौं, १९ पुस । सरकारले मुलुकका सातवटै प्रदेशको अस्थायी राजधानीको खाका तयार पारेको छ। जस अन्तर्गत प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर, प्रदेश ३ को भक्तपुरको ठिमी, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत र प्रदेश ७ को धनगढीलाई अस्थायी राजधानी तोकिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त भौतिक संरचना, उपलब्ध स्रोत साधनका आधारमा राजधानीको प्रस्ताव सहित खाका तयार पारिएको बताइएको छ ।

मन्त्रालयका सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरेको थियो । टोलीको सिफारिका आधारमा तयार गरिएको उक्त खाकालाई स्विकृतीका लागि मन्त्रिपरिषदको बैठकमा पठाइने छ । अस्थायी रुपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ। तर अहिले नै कतिपय स्थानमा भने आफ्नो क्षेत्रलाई राजधानी बनाउनुपर्ने माग सहित आन्दोलन सुरु भइसकेको छ । प्रदश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै आज बिहान देखि सुरु भएको आन्दोलनका कारण कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड बन्द छ ।

त्यस्तै प्रदेश ७ को राजधानी दिपायललाई बनाउनुपर्ने माग गर्दै डोटीबासी आज देखि अनिश्चितकालिन जिल्ला बन्द लगायतका कार्यक्रम घोषणा गरेर संघर्षमा उक्रिएका छन् । प्रदेश नं ५ को पनि राजधानी बुटबल वा दाङ बनाउने भन्ने बारे राजनीतिक नेतृत्वमै तीब्र बिबाद छ । एमालेका धनश्याम भुसाल र विष्णु् पौडेल बुटवललाई राजधानी बनाउनुपर्ने पक्षमा छन् भने एमालेकै नेता शंकर पोखरले र माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा दाङलाई राजधानी बनाउनुपर्ने लविङ गरिरहेका छन् । यो जस्तै अन्य क्षेत्रमा पनि राजनधानी तोक्ने विषयमा निकै बिबाद छ । जसको कारण धनकुटाबाट सुरु भएको आन्दोलन अन्य क्षेत्रमा पनि फैलने पक्का छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x