Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशर्त अनुदानको ६ करोड रुपैयाँ फिर्ता

सशर्त अनुदानको ६ करोड रुपैयाँ फिर्ता

अर्घाखाँची,६ साउन ।   जिल्लाका ६ वटा स्थानिय तहहरुले केन्द्रवाट चलेका योजनाहरु र सर्शत्र अनुदानको रकम मध्ये करिव ६ करोड रुपैया फिर्ता गरेका छन् । गएको आर्थिक वर्ष २०७४÷०७५ मा अर्घाखाँची जिल्लाले पूजिगत तर्फ १ अर्व ४९ करोड रुपैया प्राप्त गरेकोमा १ अर्व १४ करोड रुपैया यानीकी ९० प्रतिशत रकम खर्च गरेको छ । यसैगरि, चालु र पुजिगतमा जम्मा ५ अर्व ४६ करोड प्राप्त हुदै गर्दा ५ अर्व २ करोड रुपैया अर्थात ९२ प्रतिशत रकम खर्च भएको छ । गएको आर्थिक बर्षमा २२ करोड रुपैया राजस्व संकलन गरेको  कोष तथा लेखा नियन्त्रण कार्यालयका शालिकग्रम शर्माले जानकारी दिए । यसैगरी रकम फ्रिज गर्नेहरुमा जिल्ला प्राविधिक, जिल्ला वकिल, विशेष नापि, साविकको जिल्ला शिक्षा, खानेपानी तथा सरसफाई, सिचाई विकास, भुकम्प आपतकालिन लगायतका कार्यालयहरु रहेका छन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x