Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सहयोगी विकास बैंकले पौष १५मा बोलायो वार्षिक साधारण सभा

सहयोगी विकास बैंकले पौष १५मा बोलायो वार्षिक साधारण सभा

काठमाडौं, १२ मंसिर । सहयोगी विकास बैंकको १४औं वार्षिक साधारण सभा आगामी पौष १५ गते हुने भएको छ । यस बैंकको संचालक समितिले मंसिर ९ गते बसेको बठैकले पौष १५ गते वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।

बैंकको १४औं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ४.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

सहयोगीको शेयर कारोबार रोक्का

सहयोगी विकास बैंकको शेयर कारोबार रोक्का गरिएको छ । नेपाल स्टक एक्सचेन्जले आज मंसिर १२ गतेबाट बैंकको शेयर कारोबार रोक्का गरेको हो । सोधपुछको लागि बैंकको शेयर कारोबार नेप्सेले रोक्का गरेको हो । बैंकले मंसिर ९ गते साधारण सभा बस्ने र लाभांश वितरण गर्ने निर्णय गरेता पनि नेप्सेलाई भने मंसिर १२ गते सुचित गराएको कारण शेयर रोक्का गरिएको हो । संचालक समितिले गरेको निर्णयको सुचना नेप्सेलाई ढिलो गराउँदा शेयर कारोबार रोक्का भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x