Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सहारा विकास बैंकले पायो हकप्रद निष्कासनको स्विकृति

सहारा विकास बैंकले पायो हकप्रद निष्कासनको स्विकृति

काठमाडौं, ११ चैत्र । नेपाल धितोपत्र बोर्डले सहारा विकास बैंकलाई हकप्रद शेयर निष्कासनको लागि स्विकृति दिएको छ । बैंकले १ बराबर २.५ कित्ता अर्थात २५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

बैैंकले एक सय रुपैयाँ अंकित मुल्य भएको १८ करोड २४ लाख ८७ हजार रुपैयाँ बराबरको १८ लाख २४ हजार ८७० कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । पबैंकले हकप्रद शेयर निष्कासनको लागि एनआईविएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

यस बैंकले हकप्रद शेयर निष्कासन पछि चुक्ता पुँजी २५ करोड ५४ लाख पुर्याउने छ । बैंकको हाल चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ पुगेको छ । सहारा विकास बैंकलाई देवः विकास बैंकले आफुमा गाभ्ने प्रक्रियामा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x