Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साउदी अरेवियासँग उद्योग ब्यापार र लगानीका क्षेत्रमा सम्झौताका लागि बाटो खुला

साउदी अरेवियासँग उद्योग ब्यापार र लगानीका क्षेत्रमा सम्झौताका लागि बाटो खुला

काठमाडौ,२५ असार ।  सरकारले साउदी अरेविया सरकार सँग उद्योग ब्यापार र लगानीका क्षेत्रमा सम्झौता गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा गएराति सम्पन्न मन्त्रीपरिषद बैठकले बैठकले नेपाल र साउदी अरेबिया सरकारबीच उद्योग, व्यापार, लगानी, विज्ञान, सूचना प्रविधि, पर्यटन, खेलकूदजस्ता क्षेत्रहरुमा लगानी र सहयोगसम्बन्धी सम्झौता गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था आइडिएबाट नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउने तथा कार्यकुशलतामा सुधारका लागि बजेट सहायतास्वरुप उपलब्ध हुने करीब रु १० अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो ।

यसैगरी बैठकले मानवअधिकार आयोगले क्षतिपूर्ति निर्धारण गरी कार्यान्वयन गर्न सिफारिश गरेबमोजिमको क्षतिपूर्ति ३३ जना व्यक्तिलाई उपलब्ध गराउने जन्म, मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ९दोस्रो संशोधन० नियमावली २०७५, बालश्रम निवारणसम्बन्धी राष्ट्रिय गुरुयोजना र विद्युत् नियमन आयोग नियमावली २०७५ स्वीकृत गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x