Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सात कम्पनीहरुको बोनस शेयर सुचिकृत

सात कम्पनीहरुको बोनस शेयर सुचिकृत

काठमाडौं, ४ जेठ । नेपाल स्टक एक्सचेन्जमा आज सात कम्पनीहरुको ६८ लाख ६९ हजार ५१.१ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । बोनस शेयर सुचिकृत गर्ने कम्पनीहरुमा २ विकास बैंक, एक वित्त कम्पनी, एक वीमा कम्पनी र ३ लघुवित्त कम्पनीहरु रहेका छन् ।

नेप्सेमा आज साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको २७ लाख ५७ हजार २३१ कित्ता र मितेरी डेभलपमेन्ट बैंकको ११ लाख ९७ हजार ६९.४४ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । सिर्जना फाइनान्सले ९ लाख ८२ हजार आठ सय कित्ता बोनस शेयर सुचिकृत गराएको छ । यस्तै प्रिमियर इन्स्योरेन्सको ६ लाख ९५ हजार ३९७ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । साथै नेशनल माइक्रोफाइनान्सको २ लाख ५ हजार ५६० कित्ता, डिप्रोक्स लघुवित्तको ९ लाख ६९ हजार ७९३.६६ कित्ता, समता माइक्रोफाइनान्सको ६३ हजार दुई सय कित्ता बोनस शेयर सुचिकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x