Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साना तथा मझौता व्यवसायीलाई लेखा तथा कर नीतिबारे तालिम

साना तथा मझौता व्यवसायीलाई लेखा तथा कर नीतिबारे तालिम

काठमाडौं, ७ बैशाख । साना तथा मझौला व्यवसायीहरुलाई आधारभुत लेखा तथा कर नीति सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । सन्राईज बैंक लिमिटेड र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको संयूक्त आयोजनामा संचालित एक दिने तालिममा व्यापारमा लेखा परिक्षणको तरिका र कर दाँखिला सम्बन्धि नीतिगत विषयमा जानकारी गराइएको थियो ।

कर नीतिबारे साधारण ज्ञानको अभावमा व्यापारीहरुले विभिन्न समस्याहरु भोग्नु परेको भन्दै त्यसलाई कम गर्न यस तालिमले सघाउ पु¥याउने विश्वास लिइएको छ । कार्यक्रममा संगठनका अध्यक्ष श्याम बहादुर पाठकले कर र लेखा परिक्षणबारे सामान्य ज्ञान व्यापारीहरुलाई हुन अनिवार्य भएको बताए । यसको बारेमा ज्ञान भए व्यापार गर्दा आइपर्ने समस्या पनि सहजै हल गर्न सकिने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x