Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सान्जेन र रसुवागढीमा आवेदन दिने भोलि अन्तिम दिन

सान्जेन र रसुवागढीमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं, २९ फागुन । सान्जेन र रसुवागढी हाइड्रोपावर कम्पनीको आइपीओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले आवेदन दिने अन्तिम दिन भोलि बुधबार हो । बुधबार कार्यालय समयसम्म मात्र योे आइपीओ भर्न सकिनेछ । दुवै कम्पनीले फागुन ११ गतेदेखि कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई बिक्री खुला गरेका हुन् । सान्जेनले कुल ८७ लाख ६० हजार कित्ता र रसुवागढीले १ करोड ६४ लाख २१ हजार ४० कित्ता सेयरका लागि आवेदन खुला गरेका छन् । दुवै कम्पनी चिलिमे हाइड्रोपावरले प्रबद्र्धन गरेका कम्पनीहरु हुन ।
दुवै कम्पनीको आइपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले आवेदन दिन सकिनेछ । सान्जेनको आइपीओमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि विवरणपत्र स्वीकृत भएको २०७४ मंसिर २६ गतेसम्म थप भएका सञ्चयकर्ताले आवेदन दिन सक्नेछन् ।
यसैगरी, रसुवागढीमा कम्पनी र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको २०६८ मंसिर २२ गतेसम्म बहाल र त्यसपछि नेपाल धितोपत्र बोर्डबाट विवरणपत्र स्वीकृत भएको २०७४ पुस २० गतेसम्ममा थप भएका सञ्चयकर्ताले आवेदन दिन सक्नेछन् । सान्जेनको बिक्री प्रबन्धक नागरिक लगानी कोष हो भने रसुवागढीको सिद्धार्थ क्यापिटल हो । लगनीकर्ताले आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
सोमबारसम्म दुबै कम्पनीको आइपीओमा २ लाख ४५ हजार जना सञ्चयकर्ताले सेयर भरेका छन् । सान्जेन जलविद्युत कम्पनीमा १ लाख ४० हजार जनाले आवेदन दिएका छन्, भने रसुवागढी हाइड्रोपावरको आइपीओमा १ लाख ५ हजार जना सञ्चयकर्ताले सेयर भरेका बिक्री प्रबन्धकहरुले जानकारी गराएका छन् । सान्जेनमा सोमबारसम्म १ लाख ४० हजार जना आवेदकबाट १ अर्ब ९५ करोड रुपैयाँको आवेदन परेको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । नागरिक लागानी कोषका सोमबारसम्म २ अर्ब ९५ करोड रुपैयाँ बढीको आवेदन परेको हो । यस्तै, रसुवागढीमा सान्जेनको भन्दा धेरै रकमको आवेदन परेको छ । रसुवागढीमा १ लाख ५ हजार आवेदकले ४ अर्ब ८ करोड ५० लाख रुपैयाँको सेयर भरेका बिक्री प्रबन्धक सिद्वार्थ क्यापिटलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x