Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

साफामा छुट्टै महिला समिति बनाउने सैद्धान्तिक सहमति

काठमाडौं, १९ माघ । काठमाडौंमा जारी दक्षिण एसियाली लेखा व्यवसायी महासंघ (साफा) सम्मेलनकै दौरान ५१ औं सञ्चालक समिति बैठक एवम् ८६ औं एसेम्बली बैठक काठमाडौंमा सम्पन्न भएको छ ।
बिहीबार भएको बैठकले महिला लेखा व्यवसायी सम्बन्धी छुट्टै समिति बनाउने निर्णय गरेको हो । सार्क क्षेत्रमा महिलाहरुको लेखा व्यवसायमा बढी भन्दा बढी आबद्धता बढाउने उद्देश्यले बैठकमा भएको सैद्धान्तिक सहमति अनुसार बन्ने सो समितिमा सम्पूर्ण पदाधिकारी महिला नै हुनेछन ।
नेपालका तर्फबाट नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था (आइक्यान)का पूर्व अध्यक्ष सिए सुबोधकुमार कर्ण सन् २०१८ को लागि अध्यक्ष र उपाध्यक्षमा भारतका सीएमए पीभीएस जगनमोहन राव मनोनित भएपछिको पहिलो बैठकले विभिन्न आठ उपसमितिले प्रस्तुत गरेको एजेन्डालाई अनुमोदन समेत गरेको छ । विश्वमा पछिल्लो समयमा लेखा व्यवसायको चुनौती र समय सापेक्ष गरिनुपर्ने परिवर्तनका विषयमा सो अवसरमा छलफल भएको नेपाल चार्टर्ड एकाउन्टेन्स संस्था आइक्यान)का अध्यक्ष प्रकाश जंग थापाले बताए ।
बैठकले त्यसैगरी चार्टर्ड एकाउन्टेन्सहरुको अन्तर्राष्ट्रिय संस्था इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेस (आइएफएसी) अन्तर्गतको चार्टर्ड इन्स्टिच्युट अफ पब्लिक फाइनान्स एन्ड एकाउन्टेन्सी (सीआईपीएफए)सँग प्राविधिक सहयोग आदान प्रदान गर्ने सम्बन्धमा सैद्धान्तिक सहमति भएको छ । सहमति अनुसार चार्टर्ड एकाउन्टेन्टहरुको क्षमता अभिवृद्धि गर्नको लागि सेन्टर अफ एक्सिलेन्स खोल्ने सम्बन्धमा प्राविधिक सहयोग उपलब्ध गराइने उल्लेख छ । आइएफएसीले प्रतिपदान गरेका र भविष्यमा प्रतिपादन लेखा सम्बन्धी विभिन्न मापकहरुबारे जानकारी दिने र भविष्यमा गर्नुपर्ने तयारीबारे सजग गराउने छ ।
साफाको ५२ औं बैठक आगामी अप्रिल ५–६ तारीखमा अफगानिस्तामा हुने निर्णय समेत बैठकले गरेको छ । अफगानिस्तानमा सुरक्षाका कारण हुन नसकेमा विकल्पको रुपमा भुटान वा श्रीलंकामा ५२ औं बैठक गर्ने समेत सो बैठकले निर्णय गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x