Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिजन्स बैंकको रौतहटमा शाखारहित बैकिङ सेवा

सिटिजन्स बैंकको रौतहटमा शाखारहित बैकिङ सेवा

काठमाडौं, २३ माघ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखारहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाकोे फतुवा बिजयपुर नगरपालिकामा यहि माघ १५ गतेबाट शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । सम्वन्धित शाखा प्रमुख रवि थापाले सो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभयोे । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी सुरेश प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x