Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सिद्धार्थ इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्कासनको अनुमति

सिद्धार्थ इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्कासनको अनुमति

काठमाडौं, २३ वैशाख । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासनको लागि अन्तिम स्विकृती दिएको छ । कम्पनीले १० बराबर ३.५ कित्ता अर्थात ३५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २२ करोड ४४ लाख ९७ हजार ३५० रुपैयाँ बराबरको २२ लाख ४४ हजार ९७३.५० कित्ता हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।

हकप्रद शेयरको पुँजीकरण पछि कम्पनीको चुक्ता पुँजी ८६ करोड ६० लाख रुपैया पुग्नेछ । कम्पनीको हाल चुक्ता पुँजी ६४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x