Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिद्धार्थ बैंकले गर्याे १४ प्रतिशत बोनस शेयरको घोषणा

सिद्धार्थ बैंकले गर्याे १४ प्रतिशत बोनस शेयरको घोषणा

काठमाडौं, २१ पौष । सिद्धार्थ बैंकले शेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट १४ प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकले आफ्नो १६औं वार्षिक साधारण सभामा शेयरधनीहरुलाई उक्त बोनस शेयर दिने जनाएको छ ।

बैंकले प्रस्ताव गरेको १४ प्रतिशतको बोनस शेयर पछि चुक्ता पुँजी ७ अबै ७८ करोड रुपैयाँ पुग्ने बताएको छ । बैंकको हाल चुक्ता पुँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । यस्तै बोनस शेयर वितरण पछि बैंकले चुक्ता पुँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने भएको छ । हकप्रद शेयर जारीका लागि बैंकले नेपाल धितोपत्र बोर्डबाट स्विकृति पाइसकेको छ । हकप्रद शेयर जारी पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४७ करोड रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x