Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिभिल बैंकमा पुनः तामाङ अध्यक्ष

सिभिल बैंकमा पुनः तामाङ अध्यक्ष

काठमाडौं, ५ पौष । सिभिल बैंकले नयाँ अध्यक्षमा इच्छाराज तामाङ नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संसदबाट पारित भए पछि सोही ऐनमा भएको व्यवस्था बमोजिम तत्कालीन समयमा सांसद पदमा बहाल रहेका तामाङले बैंकको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । सो पदमा अमिर बोगटीलाई नियुक्ति दिइएको थियो ।
प्रधानमन्त्री देउवाको नेतृत्वमा पुरानो व्यवस्थापिका संसदको कार्यवधि सकिएपछि नयाँ प्रतिनिधि सभाको लागि चुनाव समेत सकेर नतिजा आइसकेको अवस्थामा तामाङले पुनः अध्यक्षमा नियुक्ति लिएका हुन् । सिभिल बैंकका हालका अध्यक्ष बोगटीको राजीनामा स्वीकृत गरेर बैंकको सोही बैठकले तामाङलाई अध्यक्षमा नियुक्त गरेका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x