Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सिरहामा एनआइसी एसियाको शाखारहित बैकिङ शाखा

काठमाडौं, ९ जेठ । एनआईसी एशिया बैंकले सिरहा जिल्ला कल्याणपुर नगरपालिकाको भोक्राहामा बैंकले आठांै शाखारहित बैंकिङ्ग सेवा जेष्ठ ६ गतेबाट संचालनमा ल्याएको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन प्रदेश नं. २ का प्रदेश सभा सदस्य सुरेश कुमार मण्डल र कल्याणपुर नगरपालिकाका मेयर सुर्यनाथ मण्डलले संयुक्त रुपमा गरे । उक्त शाखारहित बैंकिङ्ग सेवा संचालनको लागि बैंकले प्रतिनिधिको रुपमा मतिबुल राईनलाई नियुक्त गरेको छ ।
शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नेछन् । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरी सम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।
बैंकको देशभर २१६ शाखा कार्यालयहरु, २०३ एटिएम, ७ वटा एक्स्टेन्सन काउण्टर एवं ८ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रु १५९ अर्ब भन्दा बढि पुगेको छ भने बैंकको कुल कर्जा करिब रु. ११० अर्ब र कुल निक्षेप करिब रु. १३६ अर्ब पुगिसकेको छ । हालसम्म यस बैंकमा ग्राहकहरुको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x