Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सुदूरपश्चिम खप्तड गोल्ड कप

दिल्ली युनाईटेडद्धारा काठमाडौं व्वाईज पराजित

धनगढी२३ पुस
भारतको दिल्ली युनाईटेड धनगढीमा जारी भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्ड कपको क्वाटर फाईनलमा पुगेको छ । शनिवार धनगढी रंगशालामा भएको खेलमा काठामाडौको व्वाईज युनियनलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउदै अन्तिम आठमा पुगेको हो ।
निर्धारित समय सम्म दुवै टीमले १–१ को वरावरी खेलेपछि पेनाल्टी सुट आउटवाट निर्णय लिईएको हो । पहिलो हाफमा दुवै टोलीले गोल रहित वरावरी खेलेका थिए । दोस्रो हाफको ५८ औं मिनेटमा दिल्ली युनाईटेडका लागि जर्सी नम्वर १९ का केथोपीले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाए ।
त्यो अग्रता ९ मिनेटभन्दा वढी टिक्न सकेन । ६७ औं मिनेटमा व्याईज युनियनका लागि जर्सी नम्वर ७ का अभिसेक रिजालले गोल गर्दै खेल वरावरी गरे । त्यसपछि कुनै पनि टीमले गोल गर्न नसक्दा पेनाल्टीमा दिल्ली युनाईटेड विजयी भएको हो । पेनाल्टीमा दिल्लीका लागि जर्सी नम्र १३ का डनलिप्चा जर्सी नम्वर २२ का सन्दीप जर्सी नम्वर ३७ का रिसव र जर्सी नम्वर ४ का सिमेटले गोल गरे । व्वाईज युनियनका लागि जर्सी नम्वर १० का रुपेश केसी र जर्सी नम्वर ५ का राजु मगरले गोल गरे । युनियनका जर्सी नम्वर १७ का विशेष खड्गी र जर्सी नम्वर ८ का मोसाको प्रहार वाहिर गएपछि युनियन गोल्डकपवाट वाहिरिएको हो ।
जितपछि प्रतिक्रिया दिदै दिल्ली युनाईटेडका कप्तान विसन मेहराले तीन जना फरवार्ड घाईते भएका कारण रक्षात्मक खेल खेल्दा पनि पेनाल्टीमा पुगेर जित हासिल गर्न सफल भएको वताए ।
व्वाईज युनियनका प्रशिक्षक सुगम तन्डुकारले राम्रो खेल्दा पनि टाईव्रेकरमा ५०÷५० को स्थितिमा पुगेर हार्न पुगेको प्रतिक्रिया दिए । प्रतियोगिता अन्तर्गत आईतवार आयोजक सुप ११ र भारतको पञ्जाव फुटवल टीम वीच प्रतिस्पर्धा हुने सुदुरपश्चिम ११ फुटवल क्लवका महासचिव प्रकाश शाहीले जानकारी दिए ।
गोल्डकपको पहिलो दिन भारतको पंजाब एफसीले नेपालगंज ११ लाई पराजित गरेको थियो भने दास्रो दिन भेटानको ड्रक स्टारले वेष्ट काठमाडौंलाई पराजित गरेको थियो । प्रतियोगिता माघ १ गते सम्म संचालन हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x