Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सुभम पावरले स्थानियहरुको लागि प्राथमिक शेयर आजबाट

सुभम पावरले स्थानियहरुको लागि प्राथमिक शेयर आजबाट

काठमाडौं, २० जेठ । सुभम पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानियहरुको लागि २ द्यकरोड रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासन गरेको छ । कम्पनीले स्थानियहरुलाई २ लाख कित्ता प्राथमिक शेयर आज जेठ २० गतेबाट निष्कासन गरेको छ । उक्त प्राथमिक निष्कासनको बिक्री बन्द आषाढ ३ गते रहेको छ ।

यस प्राथमिक निष्कासनको लागि स्थानियहरुले न्युनतम ५० कित्ता देखी अधिकत्तम एक हजार कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ । कम्पनीले प्राथमिक शेयर निष्कासनको लागि सिविआईएल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले निष्कासन गरेको उक्त प्राथमिक शेयर कुल चुक्ता पुँजी १० प्रतिशत हो ।

सुभम पावर लिमिटेड कम्पनीले संखुवासभा जिल्लाको पिलुवा खोलामा १ मेगाबाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्दैछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x