Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

सुर्या लाईफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रदको बिक्री खुल्ला गर्ने 

सुर्या लाईफ इन्स्योरेन्सले ४० प्रतिशत हकप्रदको बिक्री खुल्ला गर्ने 

काठमाडौं, १६ वैशाख । सुर्या लाईफ इन्स्योरेन्सले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गर्ने भएको छ । इन्स्योरेन्सले उक्त हकप्रद शेयर वैशाख ३१ गते देखी बिक्री खुल्ला गर्ने जनाएको छ । यस हकप्रद शेयरको बिक्रीको बन्द असार ३ गते रहेको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २८ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरको २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ५० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x