Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सुर्या लाईफ इन्स्योरेन्सकोे ४० प्रतिशत हकप्रद आजदेखी बिक्री खुल्ला

सुर्या लाईफ इन्स्योरेन्सकोे ४० प्रतिशत हकप्रद आजदेखी बिक्री खुल्ला

काठमाडौं, ३१ वैशाख । सुर्या लाईफ इन्स्योरेन्सले १० बराबर ४ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्ला गरेको छ । इन्स्योरेन्सले आज बैंशाख ३१ गतेबाट उक्त हकप्रद शेयरको बिक्री खुल्ला गरेको हो । उक्त हकप्रद शेयरको बिक्री बन्द असार ३ गते रहेको छ ।

कम्पनीले २८ लाख ८७ हजार पाँच सय कित्ता हकप्रद शेयरको लागि अवेदन दिएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २८ करोड ८७ लाख ५ हजार रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर पछि कम्पनीको चुक्ता पुँजी ९४ करोड ५० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुक्ता पुँजी ६५ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटललाई नियुक्त गरेको छ । यस हकप्रद शेयरको आवेदन इन्स्योरेन्सको सम्वन्धित शाखाहरु, एनआईसि एशिया क्यापिटलको शाखा र आस्वा प्रणालीको सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट दिने सकिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x