Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सूचनाको हक प्रयोगकोे सकारात्मक प्रभाव

धनगढी, २४ पौष
नेपालको बर्तमान संविधानको धारा २७ र सूचनाको हक सम्वन्धी ऐन २०६४ ले प्रत्येक नेपाली नागरिकलाई सूचनाको हकको प्रत्याभुत गरेको कुरा स्मरण गराउँदै सिसिटिभि कार्यविधि २०७२ सम्बन्धि सूचना माग गरेपछि सकारात्मक प्रभाव देखिएको छ ।
सूचनाको हकका अभियन्ता एवंम एफएमडिसीका अध्यक्ष उमीद बागचन्द र चनाको हकका अभियन्ता टंक अर्यालले संयुक्त रुपमा मागेको सिसिटिभि कार्यविधि २०७२ कार्यन्वयन र सिसिटिभि जडानको अवस्था र भएका प्रयास बारे सूचना माग गर्नु भएको थियो ।
पौष ८ गते सुक्रबारका दिन संयुक्त रुपमा मागेको सिसिटिभि कार्यविधि २०७२ कार्यन्वयन र सिसिटिभि जडानको अवस्था बारे स्थानीय प्रशासनको ध्यानाकर्षण भई पहिलो पटक सिसिटिभि जडानको आव्हन गर्दै स्थानीय प्रशासनले सार्बजनिक सूचना जारी गरेको हो ।
सिसिटिभि कार्यविधि २०७२ कार्यन्वयन र सिसिटिभि जडानको अवस्था र भएका प्रयास बारे माग गरिएको ४ वटा सूचनाको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाले हालसम्म एक वटा बैंक एक वटा संस्थाले सिसिटिभि जडान कार्यनिर्देशिका अनुसार अनुमति मागेको सूचना उपलब्ध गराएको छ ।
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतिय उपकरणको प्रभावकारिता बढाउने र ऋऋत्ख्रऋबmभचबको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्ने उद्देश्यले तयार गरीएको “ऋऋत्ख्रऋबmभचबजडान तथा सञ्चालन सम्वन्धी कार्यविधी २०७२” सार्बजनिक भएको हो ।
कार्यविधी २०७२ मन्त्री स्तरबाट २०७२÷०७÷२५मा स्वीकृत भई मिती २०७२÷०८÷०४ गतेको नेपाल सरकार गृह मन्त्रालयको पत्रानुसार कार्यान्वयन गर्न÷गराउन हुन सबै जिल्ला प्रशासन कार्यालयहरुलाई जिम्मेवारी तोकिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x